दफा १०
समितिको काम, कर्तव्य र अधिकार
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको विनियमको अधीनमा रही बोर्डले गर्नु पर्ने सम्पूर्ण काम कारवाही गर्नु, अधिकारहरुको प्रयोग तथा कर्तव्यको पालन गर्नु समितिको कर्तव्य हुनेछ ।
(२) समितिले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरु मध्ये सबै वा कुनै अधिकार आवश्यकता अनुसार कुनै सदस्य वा दफा ११ बमोजिमको उप–समिति वा बोर्डको कुनै अधिकृत कर्मचारीलाई सुम्पन्न सक्नेछ ।